२ करोड ८१ लाख खर्चेर एमडीएमएस राख्ने अस्थाई घर बनाउँदै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | २५ माघ २०७७, आईतवार
२ करोड ८१ लाख खर्चेर एमडीएमएस राख्ने अस्थाई घर बनाउँदै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

निश्चित तालिका भन्दा पछाडी धकेलिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाको लागि नेपाल दूरसञ्चार प्राधिकरणले चाबहिलमा घर बनाउने भएको छ ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले गत वर्षमा नै संचालन गर्ने गरि शुरु गरेको एमडीएमएसको कार्यका लागि अस्थाई घर अर्थात प्रिफ्याब बनाउनका लागि टेण्डर अवार्ड गरिएको छ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सिस्टमका केहि उपकरणहरु ल्याएर परीक्षण गरेपनि हालसम्म सञ्चालन हुन सकेको छैन् ।

अब भने प्राधिकरणले प्रिफ्याब घर बनाएर चाबहिलमा नै एमडिएमएस सिस्टम राख्ने तयारी गरेको हो ।

यसको लागि केहि समयअघि आब्हान गरिएको टेण्डरअनुसार किँरातेश्वर कन्सट्रक्सन एण्ड ड्रिलिङ्ग कम्पनीले प्रिफ्याब बनाउने भएको हो ।
सो कम्पनीले २ करोड ८० लाख ७३ हजार ४९६.७५ रुपैयाँमा प्रिफ्याब बनाउने टेण्डर हात पारेको छ ।

टेण्डर पाएको कम्पनीले चाबहिलमा एमडिएमएस राख्ने स्थानका साथै प्राधिकरणको एमडिएमएस संचालन कार्यालय समेत तयार पार्नेछ ।

गएको म‌ंसिरमा प्राधिकरणले सो कार्यको लागि टेण्डर आव्हान गरेको थियो ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले सो टेण्डरअनुसार कम्पनीले एमडिएमएस राख्ने स्थान, कार्यालय र कन्फ्रेन्स हल बनाउनुपर्ने जानकारी दिए ।

‘कम्पनीले घर बनाईसकेपछि मात्र एमडिएमएस सो स्थानमा राखेर संचालन हुनेछ,’ उनले भने ।

एमडिएमएस सिस्टम सञ्चालन सँगै मोबाइल फोनको अवैध कारोबार नियन्त्रण हुने विश्वास गरिएको छ ।

यो पनि हेर्नुस्-

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न चावहिलमा प्रिफ्याब भवन बनाईने, ४ करोडको बजेट

प्रकाशित: २५ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...