२०२१ मा स्मार्टफोनको बिक्री बढ्ने अनुमान, फाइभजी फोनको हिस्सा ३५ प्रतिशत हुने

  • Technology Khabar | २४ माघ २०७७, शनिबार
२०२१ मा स्मार्टफोनको बिक्री बढ्ने अनुमान, फाइभजी फोनको हिस्सा ३५ प्रतिशत हुने

काठमाडौं ।

स्मार्टफोन बजार अनुसन्धान फर्म गार्टनरको पूर्वानुमान अनुसार २०२१ मा स्मार्टफोनको बिक्री विश्व बजारमा बृद्धि हुनेछ। यस शोधकर्ता फर्मले सन् २०२० को तुलनामा बिक्रीमा ११.४ प्रतिशतले वृद्धि ल्याउने अनुमान गरेको छ र यसले १.५ अर्ब भन्दा बढी स्मार्टफोन बजारमा पठाइएको देख्नेछ।

बजारमा कोरोना महामारीको कारण सन् २०२० मा १०.५ प्रतिशतको गिरावट रेकर्ड गरिएको छ। कुल १.३७८ अर्ब यूनिट फोनहरू बजारमा पठाइएको थियो जुन २०१९ को १५४० अर्बको तुलनामामा कम थियो।

गार्टनरले एसिया प्रशान्त, पश्चिमी यूरोप र ल्याटिन अमेरिकाको बजार २०२१ मा सबभन्दा बलियो बृद्धि भएको देखिने अपेक्षा गरेको छ। विशेष गरी चीनले गत बर्ष भन्दा ४ करोड बढी फोन उपयोग गर्ने अनुमान गरिएको छ।

यस बाहेक फाइभजी फोनले विश्वव्यापी स्मार्टफोन बिक्रीको करिब ३५ प्रतिशत हिस्सा लिने अनुमान गरिएको छ। त्यस्तै ५जी फोनको बिक्री २०२० को तुलनामा दोब्बर हुने अपेक्षा गरिएको छ । यसो हुनुमा ५जी नेटवर्कको व्यापक उपलब्धता र ५ जी फोनको सुरूवाती मूल्य करीव २०० डलरबाट हुनुलाई मानिएको छ ।

यस वर्ष चीन जस्ता बजारमा ५जी फोनले बढ्दो माग देख्दछ।

समग्रमा फोनको बिक्री बढेपनि सन् २०१९ को जस्तो बिक्री आ‌कडा भने नहुने गार्टनरको अनुमान छ ।

प्रकाशित: २४ माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...