वानप्लसका पूर्व सह-संस्थापक कार्ल पेईको कम्पनी ‘नथिङ्ग’ सार्वजनिक

  • Technology Khabar | १६ माघ २०७७, शुक्रबार
वानप्लसका पूर्व सह-संस्थापक कार्ल पेईको कम्पनी ‘नथिङ्ग’ सार्वजनिक

काठमाडौं ।

प्रिमियम स्मार्टफोन निर्माता वानप्लसका पूर्व सह-संस्थापक कार्ल पेईद्वारा नयाँ टेक कम्पनीको गठनको बारेमा लामो समयदेखि चर्चा भईरहेको थियो।

अब भने कार्ल पाईले नयाँ कम्पनीको गठनको घोषणा गरेका छन्। उनले यसलाई ‘Nothing’ (नथिङ्ग) नाममा लन्च गरेका छन् । यदि यसलाई नेपालीमा अनुवाद गर्दा यसको अर्थ ‘केहि छैन’ भन्ने हुन्छ।

नथिङ्गले आफ्नो पहिलो स्मार्ट उपकरण यसै वर्षको पहिलो अर्धवार्षिकमा शुरू गर्ने तयारी गरेको छ ।

कार्ल पेईको लन्डनमा आधारित कम्पनी अग्रगामी सोच भएको कम्पनीको रुपमा रहने बताईएको छ र यसले यस वर्ष को पहिलो अर्धवार्षिकमा आफ्नो पहिलो स्मार्ट उपकरण लन्च गर्नेछ।

गत वर्ष पेईले वनप्लस छोडेका थिए ।

उनले ग्राहक केन्द्रित स्मार्ट डिभाइसहरु लन्च गर्ने अनुमान गरिएको छ तर कम्पनीको घोषणा सभामा भने कुनै उत्पादनहरु आएनन् ।

पेईका अनुसार कम्पनीको दृष्टिकोण भनेको मानिस र प्रविधि बीचको अवरोध हटाउने हो। कम्पनीको अद्वितीय नामको बारेमा, कार्लले भने, ‘हामी विश्वास गर्छौं कि सबभन्दा राम्रो टेक्नोलोजी सुन्दर हुन्छ। अदृश्य टेक्नोलोजीको मतलब यो होइन कि उत्पादन नै देखिने छैन, तर त्यहाँ केहि अद्वितीय हुनेछ ।’

पेईको नयाँ कम्पनीका लागि शुरुवातमा नै ७० मिलियन डलर लगानी पाईसकेको छ।

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार