हिलटेक को कोर–फिट पाईप

  • Technology Khabar | ४ माघ २०७७, आईतवार
हिलटेक को कोर–फिट पाईप

काठमाडौं ।

हिलटेकले कोर–फिट पाईपको उत्पादन सुरु गरेको छ । सहरी क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि गरिने कार्यका कारण सडक वरिपरिका पसल, पैदलयात्रु तथा सर्वसाधारणलाई लामो समयसम्म सडक अवरोधका कारण भोग्नु परेको पीडालाई मध्यनजर गरी हिलटेक जर्मनी प्रविधिमा आधारित दुई तह भएको कोर–फिट पाईपको उत्पादन सुरु गरेको हो ।

कम्पनीले वाग्मती प्रदेश अन्तर्गत हेटौडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट कोर–फिट पाईपको उत्पादन सुरु गरेको हो ।

यसको प्रयोग मुख्यतया ढल, सिँचाई, कलर्भटमा हुनेछ ।साथै टेलिफोन, बिजुलिको (जमीनमुनिको तार), हाउजिङ , प्लटिङ, स्र्माट सिटि र उद्योग आदि ठाउँमा गर्न सकिन्छ ।

उक्त कोर–फिटपाईप भएकोले बलियो, धेरै समयसम्म टिक्ने, लिकेज नहुने, हलुको हुने, भित्रि भाग चिप्लो हुने भएकोले वहाव तिब्र हुन्छ । हिलटेकबाट उत्पादन हुने कोर–फिट पाईपको साईज ४ ईन्च देखि ४० ईन्च (आन्तरिक व्यास ) सम्मको हुने तथा २० फिट (६ मी.)लामो हुन्छ । यो पाईप अहिले भएको ह्यूमपाईप भन्दा ९५ प्रतिशत हलुका हुने भएकोले ओसार पसार गर्न सहज हुनुको साथै ढुवानी खर्चमा निकै बचत हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • ४ माघ २०७७, आईतवार