
काठमाडौं ।
गएको वर्ष फेसबुकले प्रोफाइल लक सुविधा ल्याएको थियो। नामबाट नै बुझ्न सकिन्छ कि यस सुविधा मार्फत, प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइल लक गर्न सक्दछन्। प्रोफाइल लक हुना साथ केवल तपाईंको मित्र सूचीमा रहेका व्यक्तिहरूले मात्र तपाईंको प्रोफाइल पहुँच गर्न सक्नेछन्। फेसबुक प्रोफाइल कसरी लक गर्ने जानौं।
यहाँ फेसबुक प्रोफाइल लक गर्ने चरणबद्ध तरीका
पहिले तपाईले आफ्नो फेसबुक एप गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर अपडेट गर्नुपर्नेछ।
यसपछि तपाईँ आफ्नो प्रोफाइल पेजमा जानु पर्छ।
यसपछि तपाईंको प्रोफाइल नाम भित्र जानुहोस् र मोर(अधिक) मा ट्याप गर्नुहोस्।
त्यसपछि ड्रप डाउन मेनूबाट ‘लक प्रोफाइल’ विकल्प फेला पार्नुहोस् र यसमा क्लिक गर्नुहोस्।
यहाँ ट्याप गरेपछि तपाईँले स्क्रीनमा कन्फर्मेसन सन्देश देख्नुहुनेछ।
यसपछि प्रोफाइल लक गर्न ‘तपाईंको प्रोफाइल लक गर्नुहोस्’ मा क्लिक गर्नुहोस्।
यो फिचर अन गर्ने बित्तिकै, तपाईँका जून पोष्ट पहिले सार्वजनिक रूपमा थिए, ती सबै फ्रेण्डसमा सर्छन्। साथै टाइमलाइन समीक्षा र ट्याग समीक्षा खुल्ला हुनेछ। यस फिचरलाई अन गरेपछि जानकारीको एक सानो अंश मात्र तपाईंको प्रोफाईलमा देखा पर्नेछ।
प्रकाशित: ४ माघ २०७७, आईतवार