अनलाइन ज्ञानकोश विकिपेडियाको २० वर्ष पुरा, ५ करोड ६० लाख आर्टिकलहरु प्रकाशित

  • Technology Khabar | २ माघ २०७७, शुक्रबार
अनलाइन ज्ञानकोश विकिपेडियाको २० वर्ष पुरा, ५ करोड ६० लाख आर्टिकलहरु प्रकाशित

काठमाडौं ।

१५ जनवरी २००१ मा, दुई अमेरिकी उद्यमीहरु जिम्मी वेल्स र ल्यारी सेन्जरले एक अनलाइन ज्ञानकोश इन्साइक्लोपेडिया शुरू गरे।

यसलाई विकिपेडिया भनिन्थ्यो। शुरुमा यसले गलत जानकारीहरु दिँदा धेरै आलोचनाको बाबजुद पनि, यो अत्यन्त सफल भएको छ।

यो वेबमा १५ औं सबैभन्दा लोकप्रिय गन्तव्य भएको छ, जहाँ अहिले ३०० भन्दा बढी भाषाहरूमा उपलब्ध छ र स्वयमसेवक सम्पादकहरूको एउटा समुदायद्वारा यसलाई व्यवस्थित गरिन्छ।

अहिले यस्तो भनिन्छ- कम से कम, मलाई लाग्छ कि यो सहि छ -मैले ती सबै तथ्यहरू विकिपेडियामा अनलाइन ज्ञानकोशको आफ्नै प्रविष्टिमा फेला पारे।

यहि अनलाइन ज्ञानकोश इन्साइक्लोपेडिया ‘विकिपेडिया’ले २० वर्ष पुरा गरेको छ ।

यस २० वर्षको दौरानमा ५ करोड ६० लाख आर्टिकलहरु प्रकाशित गरिएका छन भने ३ अर्ब सम्पादन गरिएको छ । त्यस्तै प्रति महिना १ अर्ब ७० करोड यूनिक भिजिटरहरु रहेका छन भने यहाँ ३१६ भाषाहरुमा डकुमेन्ट तथा जानकारीहरु उपलब्ध छन् ।

यसलाई हाल विद्यार्थी, राजनीतिज्ञ देखि पत्रकारसम्म, सबैलाई कुनै पनि विषयमा तिब्र जानकारीको लागि प्रयोग गर्ने गरिन्छ । यद्यपि विकिपेडियाले भने पनि यसलाई प्राथमिक स्रोतको रूपमा प्रयोग नगर्न भन्ने गरेको छ।

प्रकाशित: २ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २ माघ २०७७, शुक्रबार