दरबारमार्गको सामसङ डिजिटल प्लाजा अझ विस्तार हुँदै

  • Technology Khabar | २ माघ २०७७, शुक्रबार
दरबारमार्गको सामसङ डिजिटल प्लाजा अझ विस्तार हुँदै

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरुको नेपालका लागि अधिकृत बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ ।

करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ । सामसङ इलेक्ट्रोनिक्स लि. का भाईस प्रेसिडेन्ट सुङ्ग जुन पार्कले शोरुमको उद्घाटन गरेका छन् ।

सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पुर्याउँदै आइरहेको जानकारी दिएको छ।

सामसङ डिजिटल प्लाजामा क्यूएलईडी टिभी, एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसङ डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nammi to launch new Vigo E2 “Full SUV” in Nepal

  • Technology Khabar
  • २ माघ २०७७, शुक्रबार