भविष्यको पुनःकल्पना गराउँदै अभिप्रेरित गर्न एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान

  • Technology Khabar | २७ पुष २०७७, सोमबार
भविष्यको पुनःकल्पना गराउँदै अभिप्रेरित गर्न एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान

काठमाडौं ।

कोरोना महामारीपछिको अवस्थामा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले हरेक नेपालीलाई भविश्य प्रति आशा जगाउनका लागि विभिन्न उत्साह जगाउने कार्य गर्दै आएको छ।

त्यसैगरि कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेका असहज परिस्थितीलाई आत्मसाथ गर्दै नव सामान्यीकरणका साथ अघि बढ्न प्रोत्साहन गर्दै आएको एनसेलले नयाँ अभियानको थालनी गरेको छ ।

भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्नका लागि एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियानको सुरुवात गरेको हो ।

एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरु मार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ ।

‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधै सँगै’अनुरुप सञ्चालन गरेको हो । यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर देखाइएको छ ।

कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ ।

कोभिड-१९ प्रतिकार्यमा सुरुवाती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यस अघि ‘अनपज’ अभियान सञ्चालन गरेको थियो जस अन्र्तगत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो । साथै बन्दाबन्दीले दिएका सिकाई, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबीनार सेरिज आयोजना गरेको थियो ।

नयाँ अभियानको घोषणा पछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधाहरु ल्याउने आशा गरिएको छ । बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विषेश राहत प्रदान गर्दै निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले बन्दाबन्दी पश्चात पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो ।

एनसेलका अनुसार, उसले कोरोना प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा लगायत विविध ग्राहक मैत्री अफरहरु समेत गरी भण्डै रु ९ अर्ब ७० करोड बराबर मुल्यको योगदान गरेको छ । प्रतिकार्य पहल अन्त/गत नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरेहको छ ।

यो पनि हेर्नुस्-

एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार