सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा नमागेको नबिल बैंकको भनाई

  • Technology Khabar | १९ पुष २०७७, आईतवार
सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा नमागेको नबिल बैंकको भनाई

काठमाडौं ।

विभिन्न अनलाइन मिडियाहरूमा नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको लगायतका समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले यसलाई भ्रामक समाचार भएको दाबी गर्दै यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पारेको छ।

नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं । बैंकले प्रेस विज्ञप्तीमार्फत भनेको छ ।

नबिल बैंकले विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको जनाएको छ ।

प्रकाशित: १९ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...