ह्वावेको एप स्टोरबाट टेनसेन्टका गेमहरु हटाईयो, अब ह्वावेका मोबाइलमा पब्जी खेल्न नसकिने

  • Technology Khabar | १७ पुष २०७७, शुक्रबार
ह्वावेको एप स्टोरबाट टेनसेन्टका गेमहरु हटाईयो, अब ह्वावेका मोबाइलमा पब्जी खेल्न नसकिने

काठमाडौं ।

ह्वावेले आफ्नो एप स्टोरबाट टेनसेन्टका गेमहरु हटाएको छ । दुई कम्पनीबीच बढ्दो मतभेतका कारण ह्वावेले आफ्नो एप स्टोरबाट टेनसेन्टको गेम हटाइ दिएको हो ।

टेनसेन्टले पब्जी मोबाइल गेम समेत उपलब्ध गराउँदै आएको छ।

ह्वावेको यो कदमसँगै ह्वावे मोबाइलमा पब्जी गेम खेल्न नपाइने भएको छ । टेनसेन्टले साझेदारी विपरितका कार्य गरेकारले आफ्नो एप स्टोरबाट टेनसेन्टका गेम हटाइएको ह्वावे गेम सेन्टर कम्युनिटीले बताएको छ ।

यद्दपि टेनसेन्टका गेम नै आफ्नो एप स्टोरबाट हटाउनु पर्ने कारणका बारेमा भने ह्वावेले प्रष्ट जानकारी दिएको छैन ।

टेनसेन्टले भने आफ्नो मोबाइल गेम प्रोजेक्ट र ह्वावेको मोबाइल गेम प्लेटफर्मबिचको सम्झौता सकिएपछि यस्तो समस्या आएको बताएको छ ।

तर उक्त गतिविधिले दुवै कम्पनीको प्रगाढ सम्बन्ध भने बिग्रेको छ । एजेन्सी

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...