Technology Khabar १६ पुष २०७७, बिहीबार
काठमाडौं ।
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको ड्रिम कार, टाटा नानो नयाँ अवतारमा पुनरावलोकन हुने भएको छ । निकै समयअघि टाटा नानोको उत्पादन बन्द भइसकेको छ ।
अब यो कार इलेक्ट्रिक अवतारमा बजारमा आउने भएको छ । भारतमा टाटा नानो इलेक्ट्रिक भर्सन टेस्टिङको दौरान देखिएको छ । रसलेनका अनुसार टाटा नानो इभी भारतको पुनेमा देखिएको हो ।
टेस्ट मोडलमा नानोको सट्टा नियो ब्रान्डिङमा देख्न सकिन्छ । सन् २०१७ मा टाटा मोटर्सले जेयम अटोमोबाइलसँग साझेदारी गरेर टाना नानोको इलेक्ट्रिक भर्सनमा सार्वजनिक गरिने घोषणा गरिएको थियो ।
यो कारलाई जेयम नियो ब्रान्ड अन्तर्गत बजारमा ल्याउने योजना बनाइएको थियो । उक्त साझेदारीको तीन वर्षसम्म टाटा नानोको जानकारी गोप्य राखिएको थियो । टाटा नानोमा १७.७ किलोवाटको ब्याट्री छ । यो ब्याट्रीले ४८ भोल्ट (२३ एचपी) शक्ति उत्पादन गर्छ ।
प्रकाशित: १६ पुष २०७७, बिहीबार