एप्लिकेसन

राष्ट्र बैंकको मागेको विभिन्न पदको आवेदन शुल्क खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

राष्ट्र बैंकको मागेको विभिन्न पदको आवेदन शुल्क खल्ती वालेटबाट भुक्तानी गर्न सकिने
Global IME Bank

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाईनमार्फत बुझाउन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक पदमा ३८ जना र सहायक पदमा १२ जनाका लागि आवेदन आह्वान गरेको छ ।

Sajilo Visa
easy care