डिशहोमले प्रधानमन्त्री कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै

  • Technology Khabar | १० पुष २०७७, शुक्रबार
डिशहोमले प्रधानमन्त्री कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला(टी२०) २०७७ तथा पीएम कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।

यहि डिसेम्बर २६ देखी दाङ, लमहीमा संचालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी२०) २०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलिहरु सहभागी हुंदैछन् ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशिक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १० पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...