वालेटबाट हुने कारोबारमा सवा चार लाखले कमी, रकममा पनि एक अर्ब २९ करोडको गिरावट

  • Technology Khabar | ६ पुष २०७७, सोमबार
वालेटबाट हुने कारोबारमा सवा चार लाखले कमी, रकममा पनि एक अर्ब २९ करोडको गिरावट

काठमाडौं ।

नेपालमा पछिल्लो एक महिनामा वालेटको प्रयोग तथा कारोबार रकम घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वालेटको कारोबार तथा प्रयोग घटेको देखिएको हो।

असोज महिनाको तुलनामा कात्तिक महिनामा वालेटको कारोबार तथा प्रयोग घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको डाटामा उल्लेख छ । २०७७ असोजमा एक करोड एक लाख ७५ हजार ९६२ पटक वालेटबाट कारोबार भएको थियो । तर २०७७ कात्तिकमा भने सो संख्यामा कमी आएको देखिएको छ । २०७७ कात्तिकमा ९७ लाख ४९ हजार ७०७ पटक मात्र वालेटबाट कारोबार भएको छ ।

एक महिनाको अवधिमा वालेटको कारोबार संख्या ४ लाख २६ हजार २५५ ले घटेको छ।

वालेटको प्रयोगमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । २०७७ असोजमा वालेटबाट ९ अर्ब ८८ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो भने, २०७७ कात्तिकमा वालेटबाट हुने कारोबारमा कमी आउँदै ८ अर्ब ५९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

एकै महिनामा वालेटको कारोबार एक अर्ब २९ करोड १० लाख रुपैयाँले घटेको राष्ट बैंकको तथ्यांकमा देखिन्छ।

प्रकाशित: ६ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...