डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट ‘ह्याक’, ह्याकरले लगाएका थिए पासवर्डको अनुमान

  • Technology Khabar | ३ पुष २०७७, शुक्रबार
डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट ‘ह्याक’, ह्याकरले लगाएका थिए पासवर्डको अनुमान

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्टलाई एक ह्याकरले ह्याक गर्न सफल भएको डच अधिकारीहरुले पाएका छन् । डच अधिकारीकाअनुसार ह्याकरले डोनाल्ड ट्रम्पको ट्विटर पासवर्ड अनुमान गरेर ह्याक गर्न सफल भएका थिए ।

त्यो अनुमानित पासवर्ड थियो- ‘एमएजीए२०२०’।

भिक्टर गेवेर्स नामका ती ह्याकरलाई सजाय भने दिइने छैन । गेवेर्स एक ‘ईथिकल ह्याकर’ हुन् जसले इन्टरनेटमा रहेको त्रुटी उजागर गर्ने काम गर्छन् ।

ती ह्याकरले अमेरिकी राष्ट्रपतिको चुनावको अन्तिम चरण २२ अक्टोबरमा ट्रम्पको ट्विटर एकाउन्ट भित्रको स्क्रिनसट शेयर गरेका थिए । साथै राष्ट्रपतिको ट्विटर पेज एडिट गरेर पनि देखाएका थिए । तत्कालिन समयमा ह्वाइट हाउसले कुनै पनि प्रकारको ह्याकिङ भएको स्विकार गरेको थिएन ।

ट्विटरले पनि अमेरिकी राष्ट्रपतिको एकाउन्ट ह्याकिङ भएको सम्बन्धित आफूले कुनै प्रकारको सबुत नभेटाएको जानकारी दिएको थियो ।

त्यस विषयमा ट्विटरले भनेको थियो, ‘नेदरल्याण्डस् टूडेमा प्रकाशित लेखलाई लिएर जे दाबी गरिएको छ । त्यसलाई पुष्टि गर्ने हामीसँगै कुनै सबुत छैन । उच्च ओहदाका व्यक्ति तथा अमेरिकी चुनावसँग जोडिएको ट्विटर एकाउन्टको सुरक्षाका लागि हामीले कडा सुरक्षा नियम लागू गरेका छौं । यस्तो एकाउन्टका लागि एक समूह तयार गरिएको छ । जसमा सरकारको फेडरल शाखाको एकाउन्ट पनि समावेश छ ।’

हालसम्म यस विषयमा ह्वाइट हाउसबाट भने कुनै प्रतिक्रिया आएकोे छैन ।

अमेरिकी चुनाव अघि नै ह्याक
राष्ट्रपतिको एकाउन्ट ह्याक गर्न सफल भएकोमा गेवेर्स निकै खुसी छन् । यस्ता काम गर्दा इन्टरनेटमा रहेको त्रुटी पत्ता लगाउने हरेक स्वयमसेवक गौरवान्वित हुने उनको दाबी छ । साइबर सेक्यिूरिटी रिसर्चरका रुपमा परिचित गेवेर्सका अनुसार १६ अक्टोबरमा अमेरिकी चुनावका उच्च ओहोदाका उम्मेदवारका ट्विटर एकाउन्ट जाँच गरिरहेका थिए । त्यस क्रममा उनले ट्रम्पको ट्विटर पासवर्ड अनुमान लगाउन सफल भएका थिए ।

नेदरल्याण्डका प्रहरीका अनुसार ह्याकर आफैँले ट्रम्पको ट्विटर लगइनको बारेमा जानकारी दिएका थिए । प्रहरीका अनुसार उनी पासवर्डको बलियोपनाको जाँच गरिरहेका थिए । यदि चुनावको अघि यति सजिलै राष्ट्रपतिको ट्विटर एकाउन्ट ह्याक हुन्थ्यो भने अमेरिकी जनताको सुरक्षा प्रति नै प्रश्न खडा हुने थियो । उनीसँग ह्याकिङलाई पुष्टि गर्ने अन्य सबुत पनि छ ।

उनी राष्ट्रपतिको सम्पूर्ण निजी डाटा एक्सेस गर्न सक्ने थिए, जस्तै व्यक्तिगत तस्विर, म्यासेज, बुकमार्ग गरिएको ट्वीट, साथै उनले को–को व्यक्तिलाई ब्लक गरेका छन् । बीबीसी

प्रकाशित: ३ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार