
काठमाडौं ।
अंग्रेजी नयाँ वर्ष आउँदैछ। धेरै पुराना चीजहरू नयाँ वर्षको साथमा छोडिनेछ। नयाँ वर्ष आउने बित्तिकै ह्वाट्सएपले पनि पुरानो अपरेटिङ्ग प्रणालीको लागि आफ्नो समर्थन रोक्ने भएको छ ।
यस पटक पनि कम्पनीले स्मार्टफोनको सूची जारी गरेको छ जसमा ह्वाट्सएपले जनवरी १ देखि काम गर्न रोकिनेछ। ह्वाट्सएपले आईओएस ९ र एन्ड्रोइड ४.०.३ अपरेटिङ्ग सिस्टम भन्दा पुराना सिस्टम भएका स्मार्टफोनहरूमा काम गर्ने छैन।
कम्पनीका अनुसार, ह्वाट्सएपका सबै सुविधाहरू प्रयोग गर्न आईफोन प्रयोगकर्ताहरूले आईओएस ९ वा त्यसभन्दा माथिको र एन्ड्रोइड प्रयोगकर्ताहरूले ४.०.३ वा त्यसभन्दा माथिको संस्करण प्रयोग गर्नुपर्नेछ।
जनवरी १ देखि व्हाट्सएपले कुन स्मार्टफोनमा काम गर्न रोकिनेछ।
आईफोनका यी मोडेलहरूमा ह्वाट्सएपले काम गर्दैन
एप्पलको आईफोन ४, आईफोन ४ एस, आईफोन ५, आईफोन ५ एस, आईफोन ६, र आईफोन ६ एस अपरेटिंग सिस्टम आईओएस ९ वा त्यसभन्दा माथिको सिस्टमका साथ अपडेट गर्नुपर्नेछ, यदि गरेन भने यी स्मार्टफोनहरूमा ह्वाट्सएपले काम गर्दैन।
यद्यपि आईफोन ६ एस, ६एस प्लस, र आईफोन एसईलाई आईओएस १४ का साथ अपडेट गर्न सकिन्छ।
यी एन्ड्रोइड फोनमा पनि व्हाट्सएप बन्द हुनेछ
त्यस्ता एन्ड्रोइड स्मार्टफोनहरू जसमा एन्ड्रोइड ४.०.३ छ, त्यसमा ह्वाट्सएपले काम गर्दैन् । यी स्मार्टफोनहरूमा एचटीसी डिजायर, एलजी अप्टिमस ब्ल्याक, मोटोरोला ड्रोइड रेजर, सामसग ग्यालेक्सी एस २ जस्ता मोडेलहरू समावेश गरिएको छ।
यसरी थाहा पाउनुस् आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूले सिस्टम
पहिले सेटिंग्समा जानुहोस्। त्यसपछि जनरलमा ट्याप गर्नुहोस्। अब इन्फर्मेशनमा ट्याप गर्ने बित्तिकै तपाईँले अपरेटिङ्ग सिस्टमको विवरणहरू प्राप्त गर्नुहुनेछ। अर्कोतर्फ, यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने, पहिले सेटिग्समा जानुहोस्। अब तपाई अबाउन फोन भन्ने स्थानमा गएर फोनको अपरेटिङ्ग प्रणालीको बारे पत्ता लगाउन सक्नुहुन्छ ।
अब तपाईँको फोनको सिस्टम थाहा पाएसँगै त्यसलाई अपडेट गर्नुहोस वा सिस्टम अपडेट हुँदैन भने नयाँ फोन किन्नुहोस् । नत्र तपाईँको स्मार्टफोनमा ह्वाट्सएप चल्नेछैन् । यो भनेको अब केबल १४ दिन मात्र बाँकी छ ।
प्रकाशित: २ पुष २०७७, बिहीबार