टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो, जूम एकैपटक चौथो स्थानमा उक्लियो

Technology Khabar २६ मंसिर २०७७, शुक्रबार

काठमाडौं ।

छोटो भिडियो शेयरिंग एप टिकटकले नयाँ रेकर्ड बनाएको छ। २०२० मा टिकटक फेसबुक एप भन्दा बढी डाउनलोड गरिएको छ।

एप एनीको रिपोर्टका अनुसार टिकटक शीर्ष डाउनलोड गरिएका एप्सको सूचीमा तीन स्थान माथि उक्लिएको छ। २०२० मा टिकटक पछि सबैभन्दा डाउनलोड गरिएका एपहरूको सूचीमा फेसबुक दोस्रो स्थानमा छ।

डाटा एनालिटिक्स फर्म एप एनीले मोबाइल ट्रेन्डमा वार्षिक रिपोर्ट जारी गरेको छ। यसका अनुसार, २०२० मा डाउनलोड गरिएका सबै एपहरूको सूचीको शीर्ष ५ मध्येका चार एपहरू फेसबुकबाट आएका हुन्।

ह्वाट्सएप तीन नम्बरमा छ, जूम नम्बर चार र इन्स्टाग्राम पाँच नम्बरमा छ। फेसबुकको एप मेसेन्जर छैठौं नम्बरमा छ। जूम यस बर्ष लोकप्रिय भएको छ, यो सूचीमा यो एकमात्र नयाँ एप हो।

गुगलको गुगल मीट एप सातौं नम्बरमा छ। यसलाई स्न्यापच्याट, टेलिग्राम र लाईकीद्वारा पछ्याएको छ। यो डाटा जनवरी र नोभेम्बर २०२० को बीचमा डाउनलोड गरिएका एपहरुबाट निकालिएको हो।

यो डाटा गुगल प्ले स्टोर र आईओएस एप स्टोरबाट डाउनलोड गरिएका एपहरुको आधारमा तयार पारिएको हो। एप एनीका अनुसार, कोरोना भाइरस महामारीको कारण, मोबाइलको प्रयोग पहिले नै धेरै नै बढेको छ।

 

प्रतिवेदनका अनुसार मान्छेहरूले अब मोबाइलमा पहिले भन्दा बढी समय बिताइरहेका छन् र यस समयमा एप क्याटगरीको व्यवसायमा पनि ठूलो वृद्धि भएको छ। उदाहरणका लागि, जुम एपले २०० प्रतिशत वृद्धि हासिल प्राप्त गर्यो।

यो रिपोर्टमा यो पनि भनिएको छ कि आईओएस र गुगल प्लेमा ब्यक्तिको समय प्रवृत्ति २५ प्रतिशतले वृद्धि भएको छ। केवल यो होइन, पछिल्ला केही बर्षहरूको तुलनामा, यस पटक पनि यी एपहरुको खरीदहरूमा वृद्धि भएको छ।

चाखलाग्दो कुरा के छ भने, व्यक्तिहरूले डेटिग एप टिन्डरमा अधिक समय बिताएका छन्।त्यसैले यो एप उपभोक्ताले धेरै समय बिताएको कन्जुमर स्पेण्डको आधारमा नम्बर १ भएको छ।

गेमिग एप फ्रि फायर पनि यस बर्ष सबैभन्दा डाउनलोड गरिएको खेल भएको छ। तर निकै लोकप्रिय रहेको मानिएको पब्जी मोबाईल यहाँ चौथो स्थानमा रहेको छ।

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया