Technology Khabar १९ मंसिर २०७७, शुक्रबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुले लिने हालको शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछिको पत्रकार सम्मेलनमा सो बताएका हुन् ।
प्रवक्ता भट्टले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने बताए।
साथै, बैंकले सेयर र रियलस्टेट कर्जामा पुनरावलोकन गर्ने भएको छ ।
प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार