
काठमाडौं ।
भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकमा अब तीन मिनेट लामो भिडियो राख्न पाईने भएको छ । छोटो भिडियो शेयरिङ्गका लागि चर्चित प्लेटफर्म टिकटकमा प्रयोगकर्ताले अझै लामो समय बिताउन सक्ने गरी कम्पनीले परीक्षण थालेको हो ।
रिपोर्टकाअनुसार चिनियाँ एप टिकटकले भिडियोको समयसीमालाई बढाएर तीन मिनेट लामो बनाउन खोजिरहेको छ ।
हाल टिकटकमा ६० सेकेन्ड लामो भिडियो मात्र राख्न सकिने सुबिधा रहेको छ।
सोशल मिडिया कन्सल्टेन्ट म्याट नवर्राले हालै टिकटकले अपडेट गर्दाका साथ पठाएको मेसेज आफ्नो ट्वीटमार्फत् सार्वजनिक गरेका थिए। जसमा टिकटकका केही प्रयोगकर्ताहरुलाई परीक्षणका रूपमा तीन मिनेट लामो भिडियो बनाउन सक्ने फिचर अपडेटमार्फत उपलब्ध हुने बताइएको छ ।
हाल यो फिचर भने निकै प्रारम्भिक चरणमै रहेको छ ।
नयाँ फिचर आएमा टिकटक यूट्यूब भन्दा कम र भाइनको भन्दा लामो भिडियो राख्न सकिने प्लेटफर्मको रुपमा हुनेछ ।
तर नयाँ फिचरलाई टिकटक प्रयोगकर्ताले भने रुचाउँछन् वा रुचाउँदैनन् भन्ने चासोको विषय भएको छ।
तीन मिनेटमा सानोतिनो फिल्म वा सिनेमाको ट्रेलर नै बनाउन सकिने र यसले यूट्युबलाई समेत चुनौति दिनसक्ने अनुमान गरिएकोछ । अर्को तर्फ यसलाई यूजरले कतै नरुचाउन सक्ने र असफल हुनसक्ने संभावना रहेको बताईएको छ । द भर्ज
प्रकाशित: १८ मंसिर २०७७, बिहीबार