
काठमाडौं ।
फेसबुकको निरीक्षण बोर्ड (ओभरसाइट बोर्ड)ले सामाजिक प्लेटफर्मका पोस्ट विरुद्ध आएका मुद्दाहरू हेर्न शुरु गरेको छ।
फेसबुकको प्लेटफर्ममा राखिएका सामाग्रीहरु निरीक्षण गर्ने ‘ओभरसाइट बोर्ड’ ले प्लेटफर्ममा देखिएको नराम्रा कन्टेन्ट सम्बन्धी मुद्दा हेर्न लागेको हो।
फेसबुकले आफ्नो प्लेटफर्ममा आउने नराम्रा कन्टेन्ट निरीक्षण गर्न गत मे महिनामा ओभरसाइट बोर्ड स्थापना गरेको थियो। जहाँ बोर्डले सामाजिक प्लेर्टफर्ममा कस्ता कन्टेन्ट राख्न पाउने वा नपाउनेबारे सोसल मिडिया कम्पनीलाई आदेश दिन सक्छ।
यस बोर्डले बताएअनुसार अक्टुबरदेखि हालसम्म बीस हजार मुद्दाहरू प्राप्त गरेको छ। जसमध्ये बोर्डले अहिले ६ वटा प्रमुख केशहरुको बारेमा काम गर्ने जानकारी दिएको छ।
यस्ता केशहरुमा स्तन क्यान्सरका बारेमा सचेतना फैलाउन राखिएका तस्वीरहरु, चीनमा उइगुर मुस्लिम समुदायमा भएको दमनका तस्वीर र मृत बच्चाको तस्वीरलगायत समावेश छन् ।
सो बोर्डले सर्वसाधारणलाई समेत ती केशहरुमा सुझाब दिनका लागि भनेको छ ।
बोर्डले आफ्नो निश्कर्ष दिने समय तोकेको छैन तर यसअघि नै फेसबुकले करिब ९० दिनमा निश्कर्ष आउने बताएको थियो ।
कन्टेन्टहरु यस्ता छन्ः
१. मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ट्वीट गरेको स्क्रिनसट, जहाँ उनले लेखेका थिए, ‘विगतमा भएका हत्या र मारकाटको कारण मुस्लिमहरुलाई फ्रान्सेली जनतामाथि हिंसा गर्ने अधिकार थियो।’
२. एक मृत बच्चाको फोटो सहितको पोष्ट जसमा चीनले उइगुर मुसलमानहरुको व्यवहारमा बर्मेली भाषामा टिप्पणी गरिएको छ।
३. अजरबैजानको बाकू स्थित चर्चका ऐतिहासिक फोटोहरु देखाउने पोष्ट, जहाँ क्याप्सनमा बाकू अर्मेनियानीहरुद्धारा निर्माण गरिएको दाबी गरिएको छ भने अजरबैजानी जनता माथि घृणा र अर्मेनियालाई भने समर्थन गरिएको थियो।
४. पोर्चुगलका ८ तस्वीरहरु जसमा स्तन क्यान्सरका लक्षणबारे जनचेतना फैलाउने भन्दै महिलाका स्तनका पूरा भाग देखाउने इन्स्टाग्राम पोस्टहरु।
५. नाजी जर्मनीको प्रचार गर्ने मन्त्री जोसेफ गोबेल्सले अरुलाई आरोप लगाएका पोष्टहरु।
६. केही औषधिहरुले कोभिड निको पार्ने दाबी गरेको र फ्रान्सेली सरकारलाई आलोचना गर्ने एक फेसबुक भिडियो।
ओभरसाइट बोर्डले यी मुद्दाहरुमा काम गर्न बोर्डका पाँच सदस्यको प्यानल राख्ने बताईएको छ । बीबीसी
प्रकाशित: १८ मंसिर २०७७, बिहीबार