
काठमाडौं ।
डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना र इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह-आयोजनामा मंसिर १९ गते ई-बिजनेस पोलिसी फोरम, २०२० आयोजना हुने भएको छ ।
भर्चुअल माध्यमबाट हुने सो कार्यक्रममा ई-बिजनेश सम्बन्धी नीति, कानून तथा अभ्यासबारे सम्बन्धित सरोकारवालाहरुबीच छलफल र विश्लेषण गरीने आयोजकले जानकारी दिएको छ ।
सो बारेमा आयोजित पत्रकार सम्मेलनमा फर्मका अधिवक्ता बाबुराम अर्यालले ई-बिजनेसको बारेमा हाल नेपालमा देखिएका समस्या चुनौती र त्यसका उपायहरुको बारेमा छलफल हुने बताए ।
सो फोरममा देशभित्र र बाहिरका विषय विज्ञहरुको सहभागीता रहने अर्यालले जानकारी दिए ।
फोरममा ई-कमर्स सम्बन्धी नीतिगत व्यवस्था, अवसर तथा चुनौतीहरु, यस्ता व्यवसायको दिगोपन, ईकमर्शको क्षेत्रमा प्रतिलिपि अधिकार, उपभोक्ता संरक्षण जस्ता विषयमा सम्बन्धित सरोकारवालाहरूबीच छलफल हुनेछ।
प्रकाशित: १७ मंसिर २०७७, बुधबार