माइक्रोसफ्टको विण्डोज १० जुलाई २९ देखि विश्व बजारमा आउने

  • Technology Khabar | १९ जेष्ठ २०७२, मंगलवार
माइक्रोसफ्टको विण्डोज १० जुलाई २९ देखि विश्व बजारमा आउने

काठमाडौं ।

काठमाडौं, १९ जेठ । माइक्रोसफ्टको निकै प्रतिक्षित अपरेटिंग सिष्टम ‘विण्डोज १०’ जुलाई २९ तारिखमा सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले कर्पोरेशनले सोमबार विण्डोज १० सार्वजनिक हुने दिनको बारेमा जानकारी दिएको छ ।

यो अपरेटिंग सिष्टम विण्डोज ८.१ भर्सन तथा विण्डोज ७ प्रयोग गर्नेहरुले निशुल्क अपडेटको सुविधा प्राप्त गर्नेछन् । तर यो निशुल्प प्रयोग गर्ने सुविधा १ वर्षको लागि मात्र उपलब्ध हुनेछ । हालको लागि यो अपरेटिंग सिष्टम कम्प्यूटरको लागि मात्र उपलब्ध हुनेछ ।

प्रयोगकर्ताहरुले यूजर्स सिष्टम ट्रेमा आएको पप अपमा क्लिक गरेर विण्डोज १० भर्सनमा अपग्रेड हुन सक्नेछन् । यसका साथै माइक्रोसफ्टले यो कम्पनीको अन्तिम विण्डोज अपरेटिंग सिष्टम हुने जानकारी दिएको छ । माइक्रोसफ्टको विण्डोज १० अन्तिम अपरेटिंग सिष्टम हुने

टच फ्रेन्डली रहेको विण्डोज १० मा स्टार्ट मेनूलाई पुन राखिएको छ भने यो पर्सनल कम्प्यूटर, ट्याबलेट, स्मार्टफोनहरुमा पनि प्रयोग हुनेछ । विण्डोज १० ले मोबाइल प्रयोगकर्ताको हिस्सा वृद्धि गर्न तथा नयाँ ब्राउजर ईजलाई अगाडि बढाउन सहयोग गर्ने अनुमान गरिएको छ ।

कम्पनीले जुलाई २९ देखि विण्डोज १० मा आधारित पर्सनल कम्प्यूटरहरु तथा ट्याबलेटहरु पनि बिक्रीका लागि उपलब्ध हुने जानकारी दिएको छ ।

माइक्रोसफ्टले नयाँ अपरेटिंग सिष्टमको बजार मूल्य कति हुने भनेर कुनै जानकारी नदिएपनि रिटेलरहरुका अनुसार माइक्रोसफ्ट विण्डोज १० होम ओईएम( Windows 10 home OEM) को मूल्य १०९.९९ अमेरिकी डलर तथा माइक्रोसफ्ट विण्डोज १० प्रोफेशनल ओईएम (Windows 10 Professional OEM) को मूल्य १४९.९९ डलर हुने जानकारी दिएका छन् ।

कम्पनीका अनुसार विण्डोज १० लाई सात वटा अलग अलग एडिशनमा सार्वजनिक गरिनेछ । यो अपरेटिंग सिष्टम अपडेट तथा नयाँ फीचर्सका साथ १९० देश तथा १११ भाषाहरुमा सार्वजनिक हुनेछ । एजेन्सी

यो पनि हेर्नुहोस्

विण्डोज १० मा पासवर्ड नचाहिने, बायोमेट्रिक्सद्धारा लगइन गर्न सकिने

प्रकाशित: १९ जेष्ठ २०७२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १९ जेष्ठ २०७२, मंगलवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १९ जेष्ठ २०७२, मंगलवार

NOC from Nagarik App

  • १९ जेष्ठ २०७२, मंगलवार

E-pension verification system launched

  • १९ जेष्ठ २०७२, मंगलवार