ठूला प्रविधि कम्पनीहरुलाई डिजिटल कर तिर्न फ्रान्सको आदेश

  • Technology Khabar | ११ मंसिर २०७७, बिहीबार
ठूला प्रविधि कम्पनीहरुलाई डिजिटल कर तिर्न फ्रान्सको आदेश

काठमाडौं ।

फ्रान्सले गूगल, फेसबुक, ट्विटर, अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरुलाई डिजिटल कर तिर्नका लागि भनेको छ।

हालै फ्रान्सको अर्थ मन्त्रालयले डिसेम्बरमा डिजिटल सेवा करको योजना अनुसार शुल्क तिर्नका लागी जिम्मेवार ठूला टेक कम्पनीहरुलाई नोटिस पठाएको मन्त्रालयले बुधवार जानकारी दिएको छ।

फ्रान्सले यस वर्षको सुरुमा फेसबुक र अमेजन जस्ता कम्पनीहरूलाई असर पार्ने किसिमको कर संकलन स्थगित गरेको थियो, जतिबेला आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) मा अन्तर्राष्ट्रिय कर नियमहरूको सुधार सम्बन्धी छलफलको क्रममा वार्ता भईरहेको थियो।

यदि योजना अनुसार डिसेम्बरमा वार्ता फलदायी भएन भने अर्थ मन्त्रालयले डिसेम्बरमा कर संकलन गर्ने लामो समयदेखि भन्दै आएको छ । जसमा करीव १४० देशले २०२० मध्यसम्म वार्तामा भाग लिन सहमत भएका थिए।

‘करको दायरमा रहेका कम्पनीहरूले २०२० किस्ता तिर्नका लागि सूचना प्राप्त गरेका छन्,’ एक मन्त्रालयका अधिकारीले भने।

फ्रान्सले गत वर्ष देशभित्र कमाएको डिजिटल सेवाबाट हुने आम्दानीमा ३ प्रतिशत लेभी शुल्क लागू गर्यो जसमा २५ मिलियन भन्दा बढी युरो र विश्वव्यापीरुपमा ७५० मिलियन युरोको राजस्व भएका कम्पनीहरूलाई राखिएको थियो ।

फ्रान्सले ओईसीडीमा क्रस बोर्डरमा हुने आम्दानीमा लाग्ने कर बारेमा सहमति भएसँगै देशभित्र त्यस्तो कर हटाउने बताउँदै आएको छ।

तर यसअघि अमेरिकाले भने फ्रान्समा डिजिटल कर लगाएमा आफूले पनि फ्रेन्च वाइनमा थप कर लगाउने बताउँदै आएको छ । एजेन्सी

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ११ मंसिर २०७७, बिहीबार