फेसबुकको मेसेञ्जर र इन्स्टाग्राममा ‘भ्यानिस मोड’ उपलब्ध, पठाएका म्यासेज आफैँ डिलिट हुने

  • Technology Khabar | २ मंसिर २०७७, मंगलवार
फेसबुकको मेसेञ्जर र इन्स्टाग्राममा ‘भ्यानिस मोड’ उपलब्ध, पठाएका म्यासेज आफैँ डिलिट हुने

काठमाडौं ।

फेसबुकले म्यासेञ्जर र इन्स्टाग्राममा भ्यानिस मोड फिचर सार्वजनिक गरेको छ । यो फिचरले गर्दा कुनै टेक्स्ट मेसेज वा मिडिया प्रयोगकर्ताले हेरेर च्याट छोड्ने बित्तिकै गायब हुन्छन् ।

गत हप्ता मात्रै फेसबुकले ह्वाट्सएपमा डिसअपेयरिङ फिचर ल्याएको थियो जून फीचरले गर्दा पठाएको मेसेजहरु सात दिनमा हराउने गर्छन् । यही फिचरकै जस्तै फेसबुकले मेसेन्जर र इन्स्टाग्राममा पनि ‘भ्यानिस मोड’ ल्याएको हो ।

अहिले केही निश्चित स्थानमा मात्रै यो फिचर उपलब्ध भएको छ भने चाँडै नै सबै प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुनेछ । हाल फेसबुक मेसेन्जरले ‘भ्यानिस मोड’ अमेरिका र अन्य केही देशहरूमा उपलब्ध गरिसकेको छ।

यो फिचर सुचारु गर्न प्रयोगकर्ताहरुले च्याटमा गएर माथि स्वाइप गर्नुपर्छ । त्यस पछि त्यहाँ लोड भएर घुमिरहेको जस्तो देखाउँछ र इन्टरफेस अँध्यारो जस्तो हुन्छ जसले गर्दा यो फिचर सुचारु भएको सुनिश्चित हुन्छ ।

त्यस्तै यो फिचर हटाउनु परेमा फेरि माथि नै स्वाइप गर्नुपर्ने हुन्छ । भ्यानिस मोडमा रहेको बेला कसैले स्क्रीनसट लिएको भएपनि नोटिफिकेसन आउँछ ।

मेसेन्जरमा ‘भ्यानिस मोड’ मा बसेर च्याट गर्दा एक अर्कालाई पठाइएका च्याट मेसेजहरु सबै हराउँछ। यसमा मेसेज टेक्स्ट, फोटो, भिडियो, जीआईएफ, स्टिकर र अन्य रियाक्सनहरु पर्छन्।

मेसेन्जरमा ‘भ्यानिस मोड’ यसरी बस्न सकिन्छ

  • तपाईं जोसँग भ्यानिस मोडमा च्याट गर्न चाहनुहुन्छ, त्यो व्यक्तिसँगको च्याट बक्स खोल्ने ।
  • च्याट बक्समा गएर ‘स्वाइफ अप’ गर्ने। अब तपाईं मेसेन्जरको ‘भ्यानिस मोड’ मा च्याट गर्न सक्नुहुन्छ ।
  • यदि यो मोड हटाएर पुरानै नियमित च्याटमा जान चाहनुहुन्छ भने फेरि ‘स्वाइफ अप’ गर्ने ।

यो भ्यानिस मोडमा बसेर च्याट गर्न तपाईंको मोबाइलमा मेसेन्जर एप इस्टल भएको हुनुपर्छ। क्रोम अथवा अन्य साइटबाट फेसबुक मेसेज चलाउनु हुन्छ भने यो नयाँ फिचर प्रयोग गर्न सकिँदैन।

भ्यानिस मोडमा तपाईं कोहीसँग च्याट गर्दै हुनुहुन्छ र यदि च्याट गरिरहेको व्यक्तिले ‘स्क्रिनसट’ लिन्छ भने तपाईंलाई यसबारे जानकारी गराइन्छ।

यो ‘भ्यानिस मोड’ ह्वाट्सएपको ‘ डिसअपेयरिङ मेसेज’ फिचर भन्दा केहि फरक छ। ह्वाट्सएपले गत साता मात्रै डिसअपेयरिङ मेसेज नामक नयाँ फिचर सार्वजनिक गरेको हो। एजेन्सी

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार