सामाजिक सञ्जाल ट्विटरको सुरक्षा जिम्मा अब विश्वकै चर्चित ह्याकरको नेतृत्वमा

  • Technology Khabar | २ मंसिर २०७७, मंगलवार
सामाजिक सञ्जाल ट्विटरको सुरक्षा जिम्मा अब विश्वकै चर्चित ह्याकरको नेतृत्वमा

काठमाडौं ।

सामाजिक सञ्जाल ट्विटरले सुरक्षा जोखिम बढिरहेको बेलामा विश्वकै सबैभन्दा चर्चित र सम्मानित ह्याकरलाई आफ्नो सेक्यूरिटी चिफ बनाउने भएको छ ।

ट्विटरले ह्याकर ह्याण्डल ‘मड्ज’ नामले परिचित पिइटर जाट्कोलाई सुरक्षा प्रमुखको नयाँ पदमा राख्ने रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

कम्पनीले उनलाई सेक्यूरिटीका सम्पूर्ण निर्णयहरु गर्नसक्ने अधिकारसहित नियुक्त गर्ने भएको हो। जसमा हालको संरचना र कार्यशैलीलाई समेत परिवर्तन गर्नसक्ने अधिकारी दिईएको छ । जाट्कोले सिधै कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीलाई रिपोर्ट गर्नुपर्नेछ ।

बिगत केही समय यता ट्विटरले गम्भीर सुरक्षा चुनौती र भ्रामक सूचना जस्ता समस्याहरुको सामना गरिरहेको थियो।

पिइटर जाट्कोले यसअघि गुगलको विशेष परियोजनामा काम गरेका थिए। उनले अमेरिकाको रक्षा विभाग पेन्टागनको प्रख्यात ‘डिफेन्स एडभान्स रिसर्च एण्ड प्रोजेक्ट एजेन्सी (डार्पा)का परियोजनाहरुमा पनि काम गरिसकेका छन् ।

एक अन्तर्वार्तामा जाट्कोले अब ट्वीटरको इन्फमेशन सेक्यूरिटी, साइट इन्टिग्रिटी, शारीरिक सुरक्षा, प्लेटफर्म इन्टिग्रिटी जसले प्लेटफर्मको दुरुपयोग र हेरफेरसहित इन्जिनियरिंगको जाँच सुरु गर्ने बताएका थिए।

उनले ४५ देखि ६० दिनसम्म ट्विटरको परीक्षण गरेपछि मात्र प्रमुख सुरक्षा कार्यहरुको व्यवस्थापन लिने बताईएको छ ।

सन् १९९० को दशकदेखि आफ्नो करियर शुरु गरेका जाट्कोले अघिकांश समय अमेरिकी सरकारको एजेन्सीहरुका लागि काम गरेका थिए । उनी कल्ट अफ दि डेड काउ नामक ह्याकर ग्रुपको नेतृत्वमा थिए जसले सो समयमा विण्डोजलाई सेक्यूरिटी सुधार गर्नको लागि विण्डोज ह्याकिंग टूल्स सार्वजनिक गर्ने गरेको थियो ।

जाट्कोले ट्विटरमा सार्वजनिक कुराकानीहरुलाई सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung hints at a new AI-Driven smartphone experience

  • २ मंसिर २०७७, मंगलवार

China successfully launches reusable experimental spacecraft

  • २ मंसिर २०७७, मंगलवार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • २ मंसिर २०७७, मंगलवार