टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

  • Technology Khabar | २६ कार्तिक २०७७, बुधबार
टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराए ।

टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गरिन्।

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार