तिहारमा पनि नबिल बैंकले ल्यायो अर्को सन्देशमूलक भिडियो

  • Technology Khabar | २६ कार्तिक २०७७, बुधबार
तिहारमा पनि नबिल बैंकले ल्यायो अर्को सन्देशमूलक भिडियो

काठमाडौं ।

नबिल बैंकले दशैंमा जस्तै तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजिनक गरको छ ।

बैंकले अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिन निकै जरुरी भएको र सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको हो ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मक रुपमा नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने कम्पनीको अपेक्षा रहेको छ ।

बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई धेरैले मन पराएका थिए । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल खान गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो ।

जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कूल १३ लाख दर्शकहरुले हेरेका छन् ।

दशैंको भिडियोले पाएको मायाको लागि नबिल बैंक सबैलाई आभार व्यक्त गरेको छ ।

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार