सामसङले ग्यालेक्सी एस२१ सिरिजलाई समयभन्दा छिटै लन्च गर्नसक्ने

  • Technology Khabar | २५ कार्तिक २०७७, मंगलवार
सामसङले ग्यालेक्सी एस२१ सिरिजलाई समयभन्दा छिटै लन्च गर्नसक्ने
सामसङ ग्यालेक्सी एस२० सिरिज। फाइल

काठमाडौं ।

सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस सीरीजलाई अपेक्षित समय भन्दा एक महिना अघि नै मार्केटमा ल्याउन सक्ने देखिएको छ।

सामसङले शाओमीको बजार शेयर लिन र एप्पलसंग प्रतिस्पर्धा गर्न आगामी फ्ल्यागशिप फोन समयभन्दा अगाडी नै लन्च गर्ने अनुमान गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार कम्पनीले आगामी जनवरीमा नै नयाँ फोन लन्च गर्नसक्नेछ।

केहि समयअघि चीनको ह्वावे कम्पनीले सामसङको ग्लोबल बजारमा शीर्ष स्थानलाई चुनौती दिएको थियो, तर अमेरिकासँगको समस्याका कारण ह्वावे कठिन मोडमा छ। अमेरिकाले यसको चिप र अन्य चीजहरूलाई त्यहाँ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

दक्षिण कोरियाली चिप उद्योग अधिकारीहरूले जो बिडेन राष्ट्रपति बनेपछि प्रतिबन्ध अलि कम हुने आशा गरेका छन्। यद्यपि उनले नयाँ अमेरिकी प्रशासनले चीनप्रति कडा अडान कायम राख्ने अपेक्षा राखिएको छ।

सामसङले आफ्नो नयाँ श्रृंखला ग्यालेक्सी एस२१ छिटो भन्दा छिटो जनवरीको अन्त्यमा सुरू गर्न सक्दछ। यसको एस २० श्रृंखला यस वर्षको मार्चको लन्च भएको थियो ।

प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार