बिजय भएको दाबी गर्न ट्रम्प समर्थकले न्यूज एजेन्सीकै नक्कली एकाउन्ट बनाए, ट्विटरद्धारा सस्पेण्ड

Technology Khabar २० कार्तिक २०७७, बिहीबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो वाइडेन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिचको प्रतिस्पर्धा तिब्ररुपमा साँधुरिएसँगै दुबैपक्षले बिजय भएको दाबी गर्न थालेका छन् ।

औपचारिक घोषणा नभईकन नै बिजयी भएको दाबीलाई सोशल मिडिया कम्पनीहरुले रोक लगाउने नीतिअनुसार कयौं त्यस्ता ट्विट र पोस्टहरुलाई रोक लगाईएको छ ।

यसै बिषयमा हालै ट्रम्पका अभियानकर्ताहरुले आफ्नो जित भएको दाबी गर्नका लागि प्रख्यात समाचार एजेन्सी एसोसिएडेट प्रेसको समेत नक्कली एकाउन्ट बनाएको भेटिएको हो ।

हालै ट्विटरले घोषणा हुुभन्दा अगाडि नै बिजय भएको दाबी गरिएको एसोसिएटेड प्रेसको ट्विटर एकाउन्ट नै स्थाईरुपमा सस्पेण्ड गरिदिएकोछ ।

ट्विटरलेहालै अमेरिकी निर्वाचनको परिणाम बारे गलत दाबी गरेका कयौं एकान्टहरुलाई बन्द गरिदिएको हो जसमा एसोसिएडेट प्रेससँग सम्बन्धित रहेको बताईएको छ ।

अनलाइनहरुमा आएका स्क्रीनसट र रिभ्यूहरुकाअनुसार ती हाल चार एकाउन्टहरुलाई डिसेबल गरिएको छ, जसले औपचारिकरुपमा घोषणा नै नभएका निर्वाचन परिणामहरुबारे दाबी गरेका थिए जसलाई न्यूज एजेन्सीले बताएको थिएन् ।

ट्विटरले सो एकाउन्ट बन्द गर्नुमा आफ्नो नीतिको उलंघन कारण रहेको बताएको छ ।

उता समाचार संस्था एपीले भने ती एकाउन्टहरु नक्कली भएको बताएको छ । रोयटर्स

प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया