नेपाल टेलिकमको बिलिङ्ग सिस्टमको मर्मत सम्भार आज राती पनि गरिने

  • Technology Khabar | १४ कार्तिक २०७७, शुक्रबार
नेपाल टेलिकमको बिलिङ्ग सिस्टमको मर्मत सम्भार आज राती पनि गरिने

काठमाडौं ।

नेपाल टेलिकमले आज राती आफ्नो सिस्टमको फेरी मर्मत संभार गर्ने भएको छ ।

कम्पनीले आज राती बिलिङ्ग सिस्टमको मर्मत सम्भार गर्ने जानकारी दिएको छ ।

सो अन्तरगत आज राती ११ः१५ बजेदेखि करिब १ घण्टासम्म कम्पनीको सेवाहरुमा समस्या आउन सक्ने बताईएको छ।

जसअनुसार कम्पनीको प्याकेज सब्सक्रिप्सन तथा रिमेनिङ्ग भोल्यूम क्वेरीमा केही समस्या आउन सक्ने कम्पनीले जानकारी दिएको छ।

यसबाहेकका सेवाहरु भने यथावत सुचारु रहने टेलिकमले जनाएको छ।

बिहिबार राती पनि कम्पनीले सिस्टम मर्मत संभार गरेको थियो ।

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार