फोन चोरी भएमा वा हराएमा पनि फोनको डाटा मेटाउन सकिन्छ, यो हो सजिलो तरीका

  • Technology Khabar | १३ कार्तिक २०७७, बिहीबार
फोन चोरी भएमा वा हराएमा पनि फोनको डाटा मेटाउन सकिन्छ, यो हो सजिलो तरीका

काठमाडौं ।

यदि तपाईंको फोन कतै चोरी भएको छ र तपाईंको व्यक्तिगत फोटोहरू र भिडियोहरू यसमा छन् भने पनि तपाईं आत्तिनु पर्दैन।

आज हामी तपाईंलाई यस्तो ट्रिक बताउँदैछौं जसले तपाईंको फोन चोरी भए पनि तपाईंको फोनको फोटो र भिडियोहरू मेटाउन सहयोगी हुनेछ।

यदि तपाईँको फोन कतै चोरी भएको छ भने तपाईँले यस्तो अवस्थामा पनि आफ्नो स्मार्टफोनको डाटा अनलाइनबाटै मेटाउन अर्थात डिलिट गर्न सक्नुहुन्छ। यसको अर्थ फोन तपाईँबाट टाढा भए पनि तपाईले यसको डाटा मेटाउन सक्नुहुनेछ। आउनुहोस् सरल तरिका के हो थाहा पाउनुहोस् ।

यो हो सम्पूर्ण प्रक्रिया

  • सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा अन्य फोनमा इन्टरनेट ब्राउजर खोल्नुहोस्।
  • यहाँ तपाईले हराएको फोन खोज्न https://www.google.com/android/find टाइप गर्नुपर्नेछ।
  • अब तपाईले त्यहाँ आफ्नो जीमेल आईडीबाट लगइन गर्नु पर्छ जुन हराएको वा चोरी भएको तपाईँको स्मार्टफोनमा पनि राख्नु भएको छ।
  • त्यहाँ तपाईले प्ले साउन्ड, सिक्योर डिभाइस र ईरेज डिभाइसको तीनवटा विकल्प देख्नुहुनेछ।
  • सो फोनको डाटा मेटाउन अब तपाईंले (ERASE DEVICE) इरेज डिभाइसमा क्लिक गर्नुपर्नेछ।
  • एकचोटि अझै क्लिक गरेपछि तपाईले त्यसमा जीमेल पासवर्ड पुन राख्नुपर्नेछ।
  • यदि इन्टरनेट तपाईंको सो फोन इन्टरनेटमा कनेक्ट छ भने तपाईंँले आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ।

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...