राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एपबाट कारोबार गर्दा २० प्रतिशत क्यासब्याक दिने

  • Technology Khabar | ७ कार्तिक २०७७, शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एपबाट कारोबार गर्दा २० प्रतिशत क्यासब्याक दिने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले दशैं धमाका योजना अन्तर्गत मोबाइल एपबाट कारोबार गर्दा २० प्रतिशत क्यासब्याक दिने भएको छ ।

बैंकको मोबाइल एप आरबीबी स्मार्टबाट विभिन्न कारोबार गर्दा रकम तिर्न सकिन्छ । एपबाट युटिलिटी पेमेन्ट, रिचार्ज टपअप, क्रेडिट कार्ड पेमेन्ट, रकम ट्रान्सफर अनलाइन बुकिङ र पेमेन्ट आदि गर्न सकिने बैंकले जानकारी दिएको छ।

बैंकले आरबीबी स्मार्टबाट कारोबार गर्दा हरेक कारोबारमा २० प्रतिशत (अधिकतम एक सय रूपैयाँ) क्यास ब्याक दिने भएको हो । यो योजना कात्तिक ५ देखि मंसिर ५ सम्म लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार