ताजा समाचार

दूरसञ्चार प्राधिकरणले मोबाइल अपरेटरलाई भन्यो- भ्रामक एसएमएस पठाउने कार्य नगर्नु र नगराउनु

दूरसञ्चार प्राधिकरणले मोबाइल अपरेटरलाई भन्यो- भ्रामक एसएमएस पठाउने कार्य नगर्नु र नगराउनु
Global IME Bank

दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले भ्रामक सन्देशहरु सम्प्रेषण भएको बारेमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक एसएमएस मोबाइल सेवाका ग्राहकहरुलाई पठाईएको भन्दै सो बारेमा सचेत गरेको छ ।

प्राधिकरणले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै मोबाइल सेवाको नेटवर्क प्रयोग गरी गलत तथा भ्रामक संदेशहरु मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण, प्रवाह नगर्न नगराउन सबै सेवा प्रदायकहरुलाई जानकारी गराएको छ।

प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ३ मा रहेको प्रावधान स्मरण गराउँदै कुनै व्यक्तिले दूरसञ्चार सेवाको दूरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा हानी नोक्सानी गरेमा बिगो असूल गरी बिगो बमोजिम जरिवाना गर्ने चेतावनी समेत दिएको छ ।

केहि दिनअघि केहि मोबाइल सेवाका प्रयोगकर्ताहरुलाई एसएमएसमार्फत सरकारले कर्फ्यू लगाउन लागेको र नेपाल भारत बोर्डरमा समस्या देखिएको भन्दै घरबाट बाहिर ननिस्कन भनेको थियो ।

सो एसएमएस भ्यालु एडेड सर्भिस (भास) ह्याक गरेर पठाईएको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो भने त्यसमा थप अनुसन्धान भईरहेको प्राधिकरणले जानकारी दिएको थियो ।

हेर्नुस् सूचना-

यो पनि पढ्नुस्-

कसले पठायो मध्यरातमा त्रासदीपूर्ण एसएमएस ? दूरसञ्चार प्राधिकरणले अनुसन्धान गर्दै

Sajilo Visa
easy care