काठमाडौं ।
भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने गरि राखिएका भिडियोहरू हटाईदिने भएको छ। विशेषगरि यस्त हटाईने भिडियोहरु कोभिड १९ को औषधिको बारेमा रहेका छन् ।
युट्युवमा कोरोनभाइरस बारे भ्रामक भिडियोहरू पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेको भन्दै चर्को आलोचनापछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरूले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो।
गलत तथा भ्रामक भिडियोहरू नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरू सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ।
युट्युवका प्रवक्ता फर्शाद शाड्लुले वक्तव्य जारी गर्दै कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरू युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरू समेत आएकाले त्यस्ता भिडियोहरू हटाउने निर्णय गरिएको जानकारी दिए ।
कस्ता प्रकारका भिडियोहरु हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरू पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन्। एजेन्सी
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार