
काठमाडौं ।
मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गरेको छ ।
ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले यही असोज २२ गते, बिहिबारका दिन, ए.पि. वान एचडि मा प्रत्यक्ष प्रसारित कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत उक्त MUN एप लन्च गरिन् ।
यस मिस यूनिभर्सका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्येकै सर्वाधिक धनराशि रहेको घोषणा नग्मा श्रेष्ठले गरिन् ।
यस MUN २०२० एपलाई एन्ड्रोइडको गूगल प्ले स्टोर तथा एप्पल एप स्टोर दुवैमा लन्च गरिएको छ । सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५००० प्रतियोगीहरुका रु.१००० तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित: २८ आश्विन २०७७, बुधबार