लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अनलाईन टिकट बुकिङको व्यवस्था हुने

  • Technology Khabar | २७ आश्विन २०७७, मंगलवार
लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अनलाईन टिकट बुकिङको व्यवस्था हुने

काठमाडौं ।

लामो तथा मध्यम दुरीका यात्रुबाहक सार्वजनिक यातायात सेवाकाे लागि अब अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने भएको छ।

यातायात व्यवस्था विभागले बसपार्क वा अन्य स्थानमा रहेका टिकट बिक्री कक्षमा हुने भिड ब्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई प्रतिष्पर्धी र पारदर्शी बनाउनका लागि अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

टिकट बुकिङ व्यवस्थापनलाई सहजीकरण गर्नेगरी विभागले ‘मध्यम तथा लामो दुरीमा संचालित यात्रीबाहक सार्वजनिक यातायात सेवाको अनलाईन खरिद-विक्री सम्बन्धी निर्देशिका २०७७’ आज जारी गरेको छ ।

जारी गरिएको निर्देशिकामार्फत अब सार्वजनिक यातायात व्यवसायीले आफ्ना ग्राहकहरुका लागि अनलाईनमार्फत टिकट बुकिङका लागि सम्पुर्ण व्यवस्था गर्नुपर्ने भएको हो ।

जसमार्फत व्यवसायीले आफ्ना यात्रुहरुका लागि पुर्ण सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउनका लागि सम्पुर्ण व्यवस्था गर्नुपर्नेसमेत निर्देशिकामा उल्लेख छ ।

यस्तै निर्देशिकामा विभिन्न अनलाईन भुक्तानी माध्यमबाटै टिकटको खरिद गर्न सकिने, गन्तव्यसम्म पुर्याउन व्यवस्था मिलाउने, आवश्यक सफ्टवेयरको निर्माण गर्ने लगायतका मापदण्डहरु तोकिएको छ।

निर्देशिकामा व्यवसायीको भूमिका, यात्रुको भूमिका, चालक र सहचालकको भूमिका तथा विभागको भूमिका बारेमा समेत उल्लेख गरिएको छ।

अनलाइन टिकेटिगको लागि विभागमा मध्यम तथा लामो दुरीका यात्रीवाहक सार्वजनिक यातायात व्यवसायीहरुले प्रयोग गरेको अनलाईन टिकट खरिद विक्री गर्ने प्रणालीको विवरणलाई एकिकृत गर्ने गरी एक सफ्टवेर निर्माण र संचालन गर्नुपर्नेछ ।

विभागमा रहने सफ्टवेरमा तोकिएको ढाँचामा मध्यम तथा लामो दुरीका यात्रीवाहक सार्वजनिक यातायात सेवा प्रदायकहरुको सफ्टवेरलाई एप्लिकेशन प्रोग्रामिङ्ग इन्टरफेस मार्फत आवद्ध गराई एकिकृत गरिनेछ । व्यवसायीहरुले सोहि प्रणालीमा आधारित रहेर सफ्टवेयरको निर्माण र संचालन गर्नेछन् ।

तर अनलाईन टिकट काटे बापतमा यात्रुसँग व्यवसायीले अतिरिक्त शुल्क लिन नपाईने व्यवस्था गरिएको छ ।

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार