Technology Khabar २६ आश्विन २०७७, सोमबार
काठमाडौं ।
ह्वावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आईडिसी), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको को ग्लोबल प्रदायकले ह्वावे को साथमा (बैंकिङ्ग इन्डस्ट्रि राइजेज टु न्यु नर्मल) शिर्षकको ह्वाइट पेपर जारी गरेको छ।
यस प्रतिवेदनमा आईडिसी र ह्वावेले बैंकिङ्ग इन्डस्ट्रिमा कोभिड–१९ को प्रभाव बारे सर्भे गर्यो र बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनु पर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको छ ।
यस प्रतिवेदनको अंशको रूपमा आईडिसी र ह्वावेले “बैंकिङ्ग रिसिलियेन्स सूचक” को विकास गरेको छ जसले बैंकिङ्गको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्दछ।
यो सूचकले प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउँदछ, तथा बैंकहरूले उनीहरूको आफ्नै स्थिरताको आंकलन गर्न प्रयोग गर्न सक्दछ र भविष्यको सफलताको लागि कहाँ ध्यान दिने भनेर मार्गदर्शन प्रदान गर्दछ।
ह्वावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल कोर र इन्टेलिजेन्ट डाटा प्लेटफर्महरूसहित एफएसआई सलुसनको विस्तृत प्रकार देखाउँदै छन् ।
यी सलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने एफएसआई वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्र्धीहरू बिरूद्ध उभिने मौका दिन्छ । हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय सेवाको ध्यान केन्द्रित गरेको छ र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा ह्वावे विश्वव्यापी रूपमा मोबाइल अन्तरक्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको दाबी गरेको छ।
यी अनुभवहरूले ह्वावेलाई यस रिपोर्टमा आईडिसीको साथ काम गर्न मौका दियो । उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरू, बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिग सेवाहरूमा शाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्दछ।
भविष्यलाई नियाल्दा खेरी आईडिसीले यी प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्श निकाल्योः
यसका साथै बैंकिङ्ग रिसिलेन्स सूचक र फोकस क्षेत्रहरूले बैंकहरूको लागि मार्गदर्शन प्रदान गर्दछ, किनकि उनीहरूले ‘नयाँ सामान्य’ को निरन्तर चुनौतीहरूको सामना गर्ने बताईएको छ ।
ह्वावेले विश्वको अग्रणी वित्तीय संस्थासँग आफ्नो संलग्नता विस्तार गर्न जारी राख्नेछ र यस रिपोर्टले प्रदान गरेको अन्तर्दृष्टिले त्यस कार्यको लागि ठोस आधार प्रदान गर्ने जनाएको छ।
प्रकाशित: २६ आश्विन २०७७, सोमबार