
काठमाडौं ।
स्लोभाक साइबर सुरक्षा फर्म इसेटले नयाँ राज्य-प्रायोजित ह्याकिङ्ग समूह पत्ता लगाएको छ- जसलाई एक एपिटी (APT) पनि भनिन्छ।
एक्सडिस्पाई (XDSpy) नाम गरेको यो समूह साइबर-सुरक्षा ल्यान्डस्केपमा विरलै सुनिएको छ किनकि यो ह्याकिङ्ग समूह यस वर्षको शुरुमा पत्ता लाग्नुभन्दा अगाडि पहिले करीव नौ बर्षसम्म पत्ता लगाउन सकिएको थिएन् ।
इसेट (ESET)का अन्वेषकहरूले भाइरस बुलेटिन २०२० सेक्यूरिटी कन्फ्रेन्सको कुराकानीक्रममा यस समूहको संचालनहरूहरुबारेमा पहिलो पटक विस्तृतरुपमा सार्वजनिक गरेको जेडिनेटको रिपोर्टमा उल्लेख छ।
इसेटले भन्छ कि समूहको प्राथमिक ध्यान जासूसी परीक्षण र कागजात चोरी भएको छ । यसको लक्ष्य पूर्वी यूरोप र बाल्कनका सरकारी एजेन्सीहरू र निजी कम्पनीहरू हुन्।
इसेट टेलिमेट्री डाटाका आधारमा लक्षित देशहरूमा बेलारूस, मोल्डोभा, रुस, सर्बिया र युक्रेन सामेल गरेका छन्, तर अन्य एक्सडीस्पाईका अपरेसनहरू अझै पत्ता लगाउन सकिएका छैनन्।
यसको एक अभियान पत्ता लागे पछि सर्ट बेलारूस टोलीले पठाएको सुरक्षा चेतावनीमा विस्तृत जानकारी दिएसँगै इसेटले यो समूहको अपरेशनहरू पुरै गोप्यरुपमा गईसकेको उल्लेख गरेको छ ।
सोही प्रारम्भिक जानकारीको आधारमा इसेटले थप अनुसन्धान गरेको थियो । सो ह्याकर समूहले एक्सडिडाउन नामक मालवेयर टूलकिट प्रमुखरुपमा प्रयोग गरिरहेको थियो ।
प्रकाशित: १९ आश्विन २०७७, सोमबार