अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको भन्दै चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ

  • Technology Khabar | २३ श्रावण २०८३, शनिबार
अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको भन्दै चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ
बिङ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार सुशील र मैना बमले शुक्रकार दिउँसो मेडिकल अधिकृत डा अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए ।

तपेन्द्र राति अस्पताल प्रवेश गरी त्यहाँ कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज, र्याकलगायत क्षति पुगेको जनाइएको छ।

चिकित्सक, नर्स, कर्मचारी कुटपिट र अस्पताल तोडफोड गर्नेसहित तीन जनालाई गएराति नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए।

अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको निहुँमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ। उक्त घटनामा संलग्न बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...