बालबालिकाहरुका लागि साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम

  • Technology Khabar | १९ आश्विन २०७७, सोमबार
बालबालिकाहरुका लागि साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम

काठमाडौं ।

साइबर अपराध सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापामा भिडियो कन्सफ्रेन्स मार्फत साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले कार्यकक्षबाटै साइबर अपराध घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।

भिडियो कन्फ्रेन्समा नगर बाल सञ्जाल दमक, कन्काई, एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिश बोर्डिङ स्कुल दमकका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

प्रबिधीको दुरुपयोगबाट नै साईबर अपराधका घट्ना घट्न सक्ने भएकोले त्यस प्रकारका घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा र बेफाईदा, सेक्युरिटि फिचर्स, नेपाल प्रहरीसम्म आईपुग्ने समस्याहरु र कानुनी प्रावधानहरुका बारेमा जानकारी गराई त्यस प्रकारका गतिबिधीमा संलग्नता नहुने र नगर्ने बारेमा स्पष्ट पारेका थिए।

हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको उच्च जोखिम कारण समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित: १९ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...