आइएमई पे एप १ मिलियन क्लबमा, मोबाइल टपअप गर्ने एक जनालाई लक्की ड्रबाट मोबाइल उपहार दिने

  • Technology Khabar | १८ आश्विन २०७७, आईतवार
आइएमई पे एप १ मिलियन क्लबमा, मोबाइल टपअप गर्ने एक जनालाई लक्की ड्रबाट मोबाइल उपहार दिने

काठमाडौं ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ ।

यस सहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएका बताईएको छ।

डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वन प्लस मोबाइल फोन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो योजना आजैबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको जनाएको छ ।

कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।

‘आमसेवाग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जान्छ,’ ढकालले भने ।

प्रकाशित: १८ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १८ आश्विन २०७७, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १८ आश्विन २०७७, आईतवार

NOC from Nagarik App

  • १८ आश्विन २०७७, आईतवार

E-pension verification system launched

  • १८ आश्विन २०७७, आईतवार