
काठमाडौं ।
माइक्रोसफ्टको इमेल सेवा आउटलुक अफिस बिहीबार डाउन भएको छ छ। यो जानकारी आउटेज ट्र्याकिंग वेबसाइट डाउनडिटेक्टरले दिएको हो।
आउटलुकको समस्या आजैको मात्र होईन, केहि दिनदेखि माईक्रोसफ्टको यो ईमेल सेवा रोकिई-रोकिई संचालन भईरहेको थियो।
साथै, प्रयोगकर्ताहरू पनि यसका बारे गुनासो गरिरहेका छन्। धेरै प्रयोगकर्ताहरूले यसको बारेमा सोशल मिडिया प्लेटफर्म ट्विटरमा गुनासो गरेका छन्। धेरै देशहरुमा यसको समस्या देखिएको छ।
केवल ईमेल क्लाइन्टहरू मात्र होईन, मानिसहरूले डाउन डिटेक्टरमा अफिस ३६५ मा पनि समस्या भएको रिपोर्ट गरिरहेका छन्। केहि समय पछि अफिस ३६५ ले बिस्तारै काम गर्न शुरू गर्यो तर यो समस्या आउटलुकमा अबेरसम्म रहिरहेको छ।
अहिले यो स्पष्ट छैन कि यसबाट कति व्यक्ति प्रभावित भएका छन् र कुन स्थानहरूमा यो समस्याले प्रभावित भएको छ।
हालै मात्र माइक्रोसफ्टले आउटलुक र माइक्रोसफ्ट टिम्सको समस्यामा अनुसन्धान गरिरहेको बताएको थियो।
माईक्रोसफ्ट आउटलुक एक लोकप्रिय ई-मेल सेवा हो जुन कार्यालय, कार्यालयको काम र अन्य कार्यहरूको लागि प्रयोग गरिन्छ । यस्तो अवस्थामा, प्रयोगकर्ताहरूले यो सेवा रोकिँदा धेरै कठिनाईको सामना गर्नुपर्नेछ ।
यसअघि सेप्टेम्बर २९ मा पनि माइक्रोसफ्ट आउटलुक डाउन भएको थियो । एजेन्सी
प्रकाशित: १५ आश्विन २०७७, बिहीबार