
काठमाडौं ।
काउन्टरपोइन्ट रिसर्चकाअनुसार सन् २०२० को दोस्रो क्वाटरमा ५जी स्मार्टफोनको शिपमेन्टमा वृद्धि भएको छ । जुन ग्लोबल स्मार्टफोन शिपमेन्टको १० प्रतिशत हो।
यस वर्षको दोस्रो त्रैमासिकमा ५जी स्मार्टफोन आम्दानीले विश्वव्यापी स्मार्टफोन राजस्वको २० प्रतिशत हिस्सा ओगटेको छ। ती मध्ये ५जी स्मार्टफोन बिक्रीमा चीन सबैभन्दा ठूलो योगदानकर्ता हो।
ग्लोबल ५जी स्मार्टफोन राजस्वमध्ये ७२ प्रतिशत चीनबाट एक्लै आउँदछ। तिनीहरू मध्ये अधिकांश ह्वावेद्वारा जारी ५जी स्मार्टफोनबाट आएको हो।
यसका अतिरिक्त चिनियाँ स्मार्टफोन बजारको औसत बिक्री मूल्य पनि वार्षिक आधारमा १२ प्रतिशत ले वृद्धि भएको देखिएको छ।
प्रतिवेदनका अनुसार एशिया प्रशान्त क्षेत्र, चीन, युरोप, मध्य पूर्व र अफ्रिका, उत्तर अमेरिका र अन्य क्षेत्रहरूले २०२० को दोस्रो त्रैमासिक औसत बिक्री मूल्यमा समग्र वृद्धि दरको १० प्रतिशत योगदान गरे। तर ल्याटिन अमेरिकामा भने केबल ५ प्रतिशतको वृद्धि दर रहेको छ।
रिपोर्टले यो पनि देखाउँदछ कि २०२० को दोस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारको औसत बिक्री मूल्य (एएसपी) वार्षिक आधारमा १० प्रतिशतले बढेको छ। यसका साथै विश्वभर अनलाइन शिक्षा, अनलाइन कारोबार र गतिबिधिले गर्दा मागमा धेरै कमी हुन पाएन् ।
सोहि समयमा, स्मार्टफोन शिपमेन्टमा वार्षिक आधारमा २३ प्रतिशतको गिरावट आएको छ, जुन अहिलेसम्मको उच्च रेकर्ड हो। जे होस्, धेरै जसो ओईएम कम्पनीहरुको स्मार्टफोन ढुवानी २०२० को दोस्रो क्वाटरमा घट्यो । एजेन्सी
प्रकाशित: १२ आश्विन २०७७, सोमबार