प्रदेश १ का छ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिईने

  • Technology Khabar | १२ आश्विन २०७७, सोमबार
प्रदेश १ का छ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिईने

काठमाडौं ।

प्रदेश १ सरकारले पहिलो चरणमा प्रदेश भित्रका छ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ ।

यसका लागि प्रदेश भित्रका छवटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम उपलब्ध गराउने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम अगाडि बढाएको छ ।

झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, इलामको सूर्योदय नगरपालिका, मोरङको पथरी शनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकासँग मन्त्रालयले सम्झौता समेत गरिसकेको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।

यस कार्यक्रममा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भइ शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने क्षमताको विकास गर्न शिक्षकलाई डिजिटल प्रविधिसम्बन्धी तालिम उपलब्ध गराइनेछ । गोरखापत्रबाट

प्रकाशित: १२ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार