पाँच वटा क्यामरासहित सामसङको पहिलो स्मार्टफोन ग्यालेक्सी ए७२ आउँदै

  • Technology Khabar | १२ आश्विन २०७७, सोमबार
पाँच वटा क्यामरासहित सामसङको पहिलो स्मार्टफोन ग्यालेक्सी ए७२ आउँदै

काठमाडौं ।

सामसङले पाँच वटा क्यामरासहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
‘सामसङ ग्यालेक्सी ए७२’ नामक स्मार्टफोन कम्पनीको पहिलो पेन्टा क्यामरायुक्त अर्थात् पाँच वटा क्यामरा सहितको स्मार्टफोन हुने छ।

यो स्मार्टफोन कम्पनीले यस वर्ष सार्वजनिक गरेको ग्यालेक्सी ७१ पछिको उत्कृष्ट फोनमा पर्दछ। जुन २०२१ को मध्यतिर सार्वजनिक हुने बताइएको छ।

आएका समाचार रिर्पोटहरुकाअनुसार ग्यालेक्सी ए७२ मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, तीन गुणा अप्टिकल जुमको हुनेछ। यसमा ८ मेगापिक्सेलको टेलिफोटो क्यामरा, ५ मेगापिक्सेलको म्याक्रो क्यामरा र ५ मेगापिक्सेलको डेप्थ सेन्सर जस्ता नयाँ फिचर रहेको छ।

सेल्फीका लागि यस मोबाइलमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि हुनेछ।

सामसङ ग्यालेक्सी ए७२ पाँच वटा क्यामरा फिचर भएको पहिलो स्मार्टफोन भने होइन। नोकियाले यसअघि नै आफ्नो मोबाइल नोकिया ९ प्योरभ्यूमा पाँच वटा क्यामरा ल्याइसकेको छ। एजेन्सी

प्रकाशित: १२ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार