अक्टोबरमा स्मार्ट टिभी बजारमा ल्याउने तयारी गर्दै स्मार्टफोन कम्पनी ओपो

  • Technology Khabar | ९ आश्विन २०७७, शुक्रबार
अक्टोबरमा स्मार्ट टिभी बजारमा ल्याउने तयारी गर्दै स्मार्टफोन कम्पनी ओपो

काठमाडौं ।

स्मार्टफोन कम्पनीहरु अहिले स्मार्ट टिभी निकाल्ने होडबाजीमा छन्। वनप्लस, नोकिया, शाओमी, रियलमीका साथै अनरले पनि स्मार्ट टिभी बजारमा ल्याईरहेको बेला ओपोले पनि प्रतिस्पर्धामा आफूलाई समावेश गरेको छ।

२०२० ओपो डेभलपर्स सम्मेलनमा कम्पनीका अधिकारीहरुले कम्पनीले परिस्थिति प्रणाली विस्तार गर्नका लागि अक्टोबरमा स्मार्ट टिभी निकाल्न लागेको हो। ओपोका प्रबन्धक यी विले उक्त नयाँ टेलिभिजनका बारेमा धेरै कुरा भने खुलाउन चाहेनन्।

स्मार्ट टिभी बजारमा ल्याउन खोज्नुले चिनियाँ कम्पनी ओपो आफूलाई निकै विस्तार गर्न खोजिरहेको कुरा प्रस्ट हुन्छ। अहिलेसम्म बाहिरिएको हल्लालाई आधार मान्ने हो भने कम्पनीले दुई आकारमा उक्त टिभी निकाल्न लागेको छ। पहिलो सानो आकारको टिभी ५५ इन्च र ठूलो आकारमा भने ६५ इन्चको टिभी रहेको छ। यी दुई टिभीको रिमोट कन्ट्रोलका साथै विशेषता पनि फरक–फरक हुने आकलन गरिएको छ।

बीबीके इलेक्ट्रोनिक्सका भगिनी संस्था वनप्लस र रियलमीले पनि हालसालै स्मार्ट टिभी बजारमा ल्याएका थिए। ओप्पो पनि यहि कम्पनीको भएकाले स्मार्ट टिभी निकाल्न कम्पनीलाई गार्हो नपर्न सक्छ।

अहिलेसम्म यति मात्रै जानकारी बाहिरिएको छ र कम्पनीले फेरि एकचोटि यसको बारेमा चाँडै बोल्न सक्ने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित: ९ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis II astronauts bound for moon after rocketing away on NASA’s first lunar voyage in decades

  • Technology Khabar
  • ९ आश्विन २०७७, शुक्रबार