Google

माइक्रोम्याक्स क्यानभास ए१ ललिपप ५.१ मा अपडेट हुने, अपडेट पाउने पहिलो एन्ड्रोयड वान फोन

माइक्रोम्याक्स क्यानभास ए१ ललिपप ५.१ मा अपडेट हुने, अपडेट  पाउने पहिलो एन्ड्रोयड वान फोन
Global IME Bank

काठमाडौं, १५ चैत । गूगलले सार्वजनिक गरेको एन्ड्रोयड वान (Android One) मा आधारित स्मार्टफोनहरुमध्ये माइक्रोम्याक्सको स्मार्टफोनले ललिपप ५.१ मा अपडेट हुने अवसर पाएको छ ।
गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोनहरुमध्ये माइक्रोम्याक्स क्यानभास ए १ (Micromax Canvas A1) ले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिष्टम ललिपपको ५.१ भर्सनमा अपडेट हुने अवसर पाएको हो ।

अब माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोन प्रयोगकर्ताहरुले ललिपपमा अपडेट हुनको लागि सेटिंगमा गएर ओटिए (OTA) अपडेटको लागि म्यानूअल चेक गर्नुपर्ने हुन्छ । माइक्रोम्याक्सले अपडेट गर्दाको समयमा मोबाइल फोन बन्द नहोस भनेर कम्तीमा ३० प्रतिशत ब्याट्री हुनुपर्ने सुझाव पनि दिएको छ ।02.27_Android_LollipopIG_G1-710x621

माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोनमा ४.५ यन्चको एफडब्लूभिजीए स्क्रीन रहेको छ भने यो चीपसेट मिडिया टेक एमटी ६५८२ मा चल्दछ ।

यो स्मार्टफोनमा १ जीबीको र्याम छ भने ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनमा १७०० एमएएच को ब्याट्री रहेको छ ।
एन्ड्रोयड ललिपप ५.१ भर्सनमा एचडी भ्वाइस कलिंग, दोहोरो सिम लगायतका केहि अन्य फीचरहरुमा परिवर्तन हुन सक्नेछन् । यसका साथै आन्तरिक स्टोरेजमा माइक्रोम्याक्सका विशिष्ट विशेषताहरु तथा संचालन प्रणालीले डिभाइस तथा अपरेटिंग सिष्टमलाई अधिक अनुकूलित बनाउने अनुमान गरिएको छ ।15-micromaxcanvasa1androidonesmartphoneunveiledwithandroidkitkat

केहि समय अघि गूगलले सस्तो स्मार्टफोनको रुपमा एन्ड्रोयड वान अपरेटिंग सिष्टममा आधारित भएका फोनहरु तीन वटा कम्पनीहरु माइक्रोम्याक्स, कार्बन र स्पाईससँग मिलेर बजारमा ल्याएको थियो ।

यी फोनहरु बजेट फोनको रुपमा आएका थिए हुन करिब १०० अमेरिकी डलर भन्दा तल मूल्य निर्धारण गरिएको थियो । एन्ड्रोयड वानमा आधारित स्मार्टफोनहरु भारतमा सबैभन्दा पहिले सार्वजनिक गरिएको थियो भने त्यसपछि बंगलादेश, नेपाल, श्रीलंका, इन्डोनेशियालगायतका मुलुकहरुमा बिक्री शुरु गरियो ।

माइक्रोम्याक्सको ए १ स्मार्टफोन सायद मिडिया टेक फोनमध्ये विश्वमा नै पहिलो स्मार्टफोन हो जसले एन्ड्रोयडको ललिपप ५.१ भर्सनमा अपडेड हुने अवसर पाएको छ ।

एन्ड्रोयड वानमा आधारित कार्बन र स्पाइसका स्मार्टफोनहरु नेपालमा बिक्री भईरहेपनि एन्ड्रोयड वानमा आधारित माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोन नेपालमा भने उपलब्ध छैन् । माइक्रोम्याक्सका फोनहरु नेपालमा पशुपति ट्रेड लिंकले आयात तथा बिक्री गर्दै आएको छ ।

Sajilo Visa
easy care