स्तुति मेरो मार्टको अनलाइन सेवा शुरु, काठमाडौं उपत्यकाभित्र सामान डेलिभरी गर्ने

  • Technology Khabar | २७ भाद्र २०७७, शनिबार
स्तुति मेरो मार्टको अनलाइन सेवा शुरु, काठमाडौं उपत्यकाभित्र सामान डेलिभरी गर्ने

काठमाडौं ।

रिटेल स्टोर स्तुति मेरो मार्टले कोरोना संक्रमणलाई ध्यान दिएर अनलाइनमार्फत सामान खरिद गर्न सकिने सेवा संचालनमा ल्याएको छ।

उक्त अनलाइनमार्फत स्टोरले ग्राहकहरुका लागी खाद्य वस्तुहरू, गैर खाद्य वस्तुहरू र घरेलु सामानहरु प्रदान गर्नेछ।

कम्पनीको वेबसाइट स्तुतिअनलाइन डटकम www.stutionline.com मा लगइन गरेर सामान खरिद गर्न सकिन्छ।

कम्पनीले हाल यो सुबिधाअन्तरगत काठमाडौं उपत्यकाभित्र अनलाइनमार्फत खरिद गरेका सामान डेलिभरी गर्ने जनाएको छ।

यो मार्टमा २३ हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका दैनिक उपभोग्य वस्तु, कस्मेटिकका सामान, मदिरा, बच्चाको खेलौना, पेय पदार्थ पाइन्छन्।

कम्पनीकाअनुसार सात वर्ष अघि संचालनमा आएको यो मार्टको सिनामंगल, पेप्सीकोला, कात्यानी र कपनमा रिटेल चेन स्टोर रहेको जानकारी दिएको छ।

प्रकाशित: २७ भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार