नेपाल टेलिकमले बिलिङ्ग सिस्टम मर्मत संभार गर्दै, मध्यरात केहि समय अवरोध आउनसक्ने

  • Technology Khabar | २१ भाद्र २०७७, आईतवार
नेपाल टेलिकमले बिलिङ्ग सिस्टम मर्मत संभार गर्दै, मध्यरात केहि समय अवरोध आउनसक्ने

काठमाडौं ।

नेपाल टेलिकमको सिस्टममा आज राती केहि समय अवरोध आउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

टेलिकमले बिलिङ्ग सिस्टम मर्मत संभारको क्रममा मध्यरात १२ बजेपछि करिब आधा घण्टा समस्या हुन सक्ने बताएको छ ।

कम्पनीकाअनुसार सो अवधिमा प्याकेज सब्सक्रिप्सन अर्थात सेवाको प्याकेज लिने कार्य र बाँकी रकम जान्ने सेवामा केहि समस्या आउन सक्ने जानकारी दिएको छ।

यसबाहेकका सेवाहरु भने यथावत रुपमा सुचारु हुने उल्लेख गरेको छ ।

कम्पनीले समय समयमा आफ्ना सिस्टमहरु अद्यावधिक गर्ने गरेको छ र यस्तो समस्या सिमित अवधिको लागि मात्र हुने गर्दछ ।

प्रकाशित: २१ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २१ भाद्र २०७७, आईतवार