
काठमाडौं ।
जापानका चार मोटरसाइकल उत्पादक कम्पनीहरू होन्डा, यामाहा, कावासाकी र सुजुकीलगायतले इलेक्ट्रिक मोटरसाइकल विकास र परीक्षणको लागि एउटै समूह बनाएका छन्।
विशेष रूपमा कम्पनीहरूले इलेक्ट्रिक मोटरसाइकलहरूको लागि ब्याट्री साझेदारी गर्ने प्लेटफर्म (स्वापेबल ब्याट्री प्लेटफर्म) विकास गर्न सँगै काम गरिरहेका छन्।
यी चारको समूहले गत बर्ष इलेक्ट्रिक मोटरसाइकलहरूको लागि स्वापेबल ब्याट्री विकास गर्न कन्सोर्टियम स्थापना गर्ने घोषणा गरेका थिए। तर कम्तिमा पनि अहिलेसम्म त्यसमा अद्यावधिक जानकारीहरु ती मध्ये कुनैबाट सुन्न सकेका छैनौं।
कन्सोर्टियमबाट बाहिर आएको झिनो जानकारीअनुसार कम्पनीहरू वास्तविक प्रयोगकर्ताहरूसँग उनीहरूको साझा, स्वापेबल इलेक्ट्रिक मोटरसाइकल ब्याट्री डिजाइनको परीक्षण सुरू गर्न तयार छन् ।
परीक्षण ओसाका विश्वविद्यालयमा आयोजित गरिनेछ भने यो ‘इ-यान ओसाका’ को रूप मा परिचित हुनेछ।
परीक्षणको भागको रूपमा ओसाका विश्वविद्यालयका विद्यार्थी र कर्मचारीहरूले परीक्षणको क्रममा इलेक्ट्रिक मोटरसाइकहरू प्राप्त गर्नेछन्। त्यहाँ ब्याट्री-स्वाप स्टेशनहरू स्थापना हुनेछन क्याम्पसका साथै सो क्षेत्रका सुविधा स्टोरहरूमा पनि राखिनेछ ।
यस बारेमा सो कन्सोर्टियमले कुनै प्राविधिक जानकारीहरु बाहिर ल्याएको छैन् । तर यसलाई होण्डाले नेतृत्व गर्ने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित: २० भाद्र २०७७, शनिबार